कास्कीगण्डकीभिडियोसमाचार

नायिका आँचललाई फकाउदै हास्य कलाकार बले

पोखरा न्यूज। सागर लम्साल ’बले’ ले नायिका आचल शर्मालाई अष्ट्रेलिया जान फकाउनुभएको छ ।

कोरियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहनुभएका गायक दील बिश्वकर्माको डेब्यु गीत ’अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियोमा अभिनय गर्दै हास्यकलाकारको रुपमा स्थापित बनेका बलेले यस्तो आग्रह गर्नुभएको हो । भिडियोमा अर्का हास्य कलाकार सुलेमान शंकर ( इकु) समेत फिचर्ड हुनुहुन्छ ।

डान्सिङ बिटको यस गीतमा स्वर गायक दिल विश्वकर्माको रहेको छ भने प्रकाश न्यौपानेको रचना हो । तिलक बस्नेतले संगीतवद्द गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गर्नुभएको छ ।

केही समय अगाडि सार्वजनिक भएको गीतलाई दर्शकले मन पराउनु भएको छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई उत्सव दहालले छायांकन गर्नु भएको हो । विकास दाहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button