कोरोनाबाट पोखरामा उपचाररत थप ३ जनाको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको फिस्टेल ,जीएमसी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ पुरुष तथा २ महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको फिस्टेल हस्पिटलमा  उपचाररत पोखरा ९ की ८३  वर्षीया महिलाको बिहीबार बिहान ७:३० बजे र कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १७ की ७५  वर्षीया महिलाको बिहीबार बिहान ३:४५ बजे उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यस्तै कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लमजुङ् बेसीसहर ५ का ७१  वर्षीय पुरुषको बुधबार बेलुका ६:४५ बजे उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button