पोखरामा बुद्ध विशाल बजार भित्र एक पुरुष मृत फेला

पोखरा न्यूज । पोखरको महेन्द्रपुल स्थित बुद्ध विशाल बजार भित्रको भर्याङको छेउमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार बिहान १०:१५ बजे  अन्दाजी ६० वर्षीय भारतीय नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भारत घर भएका पुरुष  पोखराको महेन्द्रपुलमा वरपर २२/२३ वर्षदेखि कवाडी र कार्टुन संकलन गर्दै आएको बुझिएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button