बागलुङमा लुकाइराखेका बन्दुकहरु बरामद

पोखरा न्यूज । बागलुङको ताराखोला गाँउपालिका -५ रानीबासको ठूलोबेँसी सामुदायिक वनको झाडीमा लुकाइराखेका १ नाले ६ थान बन्दुक प्रहरीले बिहीबार दिउसो नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार अबैध घरेलु हतियार बन्दुकहरु सुकेका स्याउलाले छोपी लुकाई राखेको ठाँउबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले विशेष सूचनाको आधारमा  हतियार फेला पार्न सफल भएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button