पोखरामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमणबाट पोखरा महानगरपालिकामा थप ४ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा-९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका लागि उक्त केन्द्रमा बिहीबार भर्नाभई उपचाररत ती पुरुषको बिहीबार राति ११.०० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै बिहीबार दिउसो कोभिड-१९ उपचार केन्द्रमा भर्नाभई उपचाररत पोखरा २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति ११.२० बजे मृत्यु भएको छ । शुक्रबार बिहान कोभिड-१९ उपचार केन्द्र पोखरामा भर्ना भएका पोखरा-१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्यान्न १२.३० बजे निधन भएको छ ।

त्यसैगरी शुक्रबार नै कोभिड-१९ उपचार केन्द्रमा भर्ना भई उपचाररत पोखरा-१३ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान ४.१५ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक सह प्रा.डा अर्जुन आचार्यले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button