भारतमा संक्रमण नियन्त्रणबाहिर गएपछि कडा नियम लागु

सार्वजनिक क्षेत्रमा छठ मनाउन रोक, मास्क नलगाउनेलाई २ हजार जरिवाना

पोखरा न्यूज संवाददाता । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागु गरिएको छ ।

पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागि हुन पाउने गरि नियम लगाइएको हो । भारतको राजधानी सहर समेत रहेको दिल्लीमा कोभिड-१९ को तेस्रो लहर चलेको छ । संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई २ हजार जरिवाना लगाउने निर्णय गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरि मास्क नलगाउने व्यक्तिलाई २ हजार जरिवाना लगाउने निर्णय सरकारले गरेको बताउनुभयो । दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भीडभाड हुने बजारहरुमा लकडाउन गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ छ ।

सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ । त्यसैगरि वैवाहिक समारोहमा यसअघि २ सयजनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० दुई हप्ताको अवधिमा दिल्लीमा १ हजार २०२ जनाको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ लाख ३ हजार ८४ पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९४३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button