पोखरामा कोरोनाबाट एकैदिन थप ७ जनाको मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमणबाट पोखरामा  उपचाररत  थप ७  जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ६ जना र तनहुँका १ जना गरी पोखरामा उपचाररत ७ संक्रमित पुरुषको मृत्यु भएको हो ।

कार्तिक २९ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा–२७ का ७१ वर्षीय पुरुषको शुक्रबार बिहान १:४० बजे, कार्तिक २३ गते भर्ना भएका पोखरा–८ का ५४ वर्षीय पुरुषको शुक्रबार विहान ३:५० बजे र मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत तनहुँ म्याग्दे गाउँपालिका ५१ वर्षीय पुरुषको शुक्रकार बिहान ९.३० बजे उपचारकै क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु  शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा बिहीबार भर्ना भइ उपचाररत पोखरा–९ का ६८ वर्षीय पुरुषको  बिहीबार राति ११.०० बजे, बिहीबार दिउसो भर्ना भइ उपचाररत पोखरा २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति ११:२० बजे, शुक्रबार बिहान भर्ना भएका पोखरा–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्यान्न १२:३० बजे र  शुक्रबार  नै भर्ना भई उपचाररत पोखरा–१३ का ५५ वर्षीय पुरुषकोबिहान ४:१५ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button