पोखरामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा १४ जनासहित गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपािलका वडा नं १ का २ पुरुष, ३ का १ महिला, ६ का १ पुरुष, १० का ५ पुरुष, १७ का १ पुरुष, ३० का १ पुरुष तथा १ महिला, ३२ का १ महिला, कास्की रुपा गाउँपालिकाका १ पुरुष, तनहुँ जिल्ला म्याग्दे गाउँपालिकाका १ पुरुष रहेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०७५३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button