काठमाण्डौ प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा चन्द र प्रहरी तालिम केन्द्रमा बोहरा आउदै

पोखरा न्यूज । काठमाण्डौ प्रहरी परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले पाउनुभएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार एसएसपी सिंहले काठमाण्डौ प्रहरी परिसर प्रमुखको जिम्मेवारी पाउनुभएको हो । त्यस्तैगरी ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी किरण बज्राचार्यले पाउनुभएको  छ ।

हाल काठमाण्डौ प्रहरी प्रमुखको रुपमा रहनुभएका श्यामलाल ज्ञवाली अपराध अनुसन्धान बिभाग अपराध नियन्त्रण महाशाखामा नक्साल तथा ललितपुर प्रहरी प्रमुख रहनुभएका टेकप्रसाद राई प्रहरी प्रधान कार्यालय कार्य बिभाग कार्य महाशाखा नक्सालमा सरुवा हुनुभएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखामा कार्यरत विक्रम बहादुर चन्द र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी प्रधान कार्यालय कार्य विभाग महाशाखामा कार्यरत भरत बहादुर बोहरा सरुवा हुनुभएको छ । हाल प्रदेश प्रहरी कार्यालयमा कार्यरत किरण राना कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत तथा प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत दिबेश लोहनी प्रहरी प्रधान कार्यालय यू.एन. महाशाखा नक्सालमा सरुवा हुनुभएको छ  ।

मंसिर ५ गते शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले मंसिर ७ गतेबाट लागू हुने गरी नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको हो ।

हाल काठमाण्डौ प्रहरी परिसर प्रमुखको जिम्मेवारी पाउनुभएका एसएसपी सिंहले ३ वर्ष अघि कास्कीमा प्रहरी प्रमुखका रुपमा ९ महिना  काम गर्नुभएको थियो । २०७४  साउन १७ गते कास्कीको नेतृत्व सम्हालेका सिंह तत्कालिन अवस्थामा  सिंघम स्टाइलका एसपी भनेर चिनिनुभएको थियो ।

को कहाँ कहाँ सरुवा भए ?

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button