उद्योग वाणिज्य महासंघ उम्मेदवारको नामावली सार्वजनिक,६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी

पोखरा न्यूज संवाददाता । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।
महासंघको निर्वाचन समितिले आज (शुक्रबार) उम्मेदवारहरुको अन्तिम नामावली जारी गरेको हो । निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु सहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ । महासंघको चुनावमा दुई प्यानल देखिएका छन् । जस अन्तर्गत चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एशोसिएटतर्फ रामचन्द्र सघाईको उम्मेदवारी परेको छ । यस्तै किसोर प्रधानको समूहतर्फ वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एशोसिएटतर्फ शौरभ ज्योतीको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार जिल्ला नगरतर्फको १८ पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् । यस्तै वस्तुगततर्फको १४ पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ को उम्मेदवारी परेको छ । यस्तै निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहतर्फ एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि उम्मेदवारी दिनेहरुले आफ्नो अनुभवलाई देशको समग्र व्यवसायीक क्षेत्रको हित, विकास र विस्तारका लागि प्रयोग गर्न उम्मेदवारी भएको बताएका छन् । मतदान गर्न पाउने सदस्यहरुको नामावली समेत महासंघ निर्वाचन समितिले प्रकाशित गरिसकेको छ ।

जसमध्ये जिल्लानगर उद्योग वाणिज्य संघतर्फ रहेको १ सय ७ सदस्य मध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा १२ जना, बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा १० जना सदस्य तथा संघसंस्था रहेका छन् । यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् । मतदान गर्न पाउने द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहतर्फ १२ जना, एशोसिएट तर्फ ९ सय २१ सदस्यहरु रहेका छन । यसबाहेक १२ वटा संस्थापक सदस्य तथा संघसंस्थाहरुले समेत मतदान गर्न पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button