नेपालमा पछिल्लो २४ घण्टामा १९४५ मा कोरोना संक्रमण, २२ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा थप १९४५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएका छन् । शुक्रवार ५३६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा २ लाख १६ हजार ९ सय ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन्। एक लाख ९१ हजार २ जनालाई कोरोना संक्रमण निको भइसकेको छ । त्यस्तै अहिलेसम्म यसको संक्रमणबाट १२९८ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button