सुगम पोखरेलको नयाँ गीत ‘मायालु साबुन’

पोखरा । नेपाली पप स्टार सुगम पोखरेलको नयाँ गीत‘मायालु साबुन…’ हालै सार्वजनिक भएको छ । गीतमा आवाजसँगै शब्द तथा संगीत गायक पोखरेलको नै हो । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी भने शैलेन्द्र एम प्रधान बाबुले पुरा गर्नुभएको छ ।

गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा गायक सुगम पोखरेलको साथमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे,पूजा गिरी,नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् । भिडियोमा गायक पोखरेल भिन्न गेटअपमा प्रस्तुत हुनुभएको छ ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन तथा पदम सुवेदीले सम्पादन गर्नुभएको हो । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । यो भिडियो गायक पोखरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button