राष्ट्रिय विभूति साख्वा र प्रजातान्त्रिक आन्दोलनका सुत्राधार तुलाधरको शालिक अनावरण

पोखरा न्यूज संवाददाता । राष्ट्रिय विभूति शंखधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका सुत्राधार पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाकयले ‘शंखधर उद्यान’ मा निर्माण गरिएको शाख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो । शालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले शाख्वा र तुलाधर दुबै ईतिहास पुरुष भएको बताउनुभयो । नेपाल सम्वतलाई राष्ट्रिय संवतका रुपमा स्थापित गर्नु भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उहाँले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्राजातान्त्रिक आन्दोलनका अगुवा शंखधर साख्वाको शालिक निर्माण हुनु ईतिहासको सम्मान भएको बताउनुभयो ।

महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरुलाई विर्सन चाहेर पनि विर्सन नसकिने बताउनुभयो । उपत्यकाबासीका लागि शंखधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उहाँहरुलाई सधै सबैले चिन्न र देख्न सकुन भन्नेर उहाँहरुको सम्मान पार्कभित्र शालिक निर्माण गरिएको बताउनुभयो ।कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालल, सहरी विकास राज्यमन्त्री रामविर मानन्धर, महानगर उपप्रमख हरि प्रभा खड्गी पनि सहभागि हुनुहुन्थ्यो ।

पछिल्लो समय विगतमा राजा र रानीहरुका नाममा रहेका संरचनाहरुलाई भत्काएर राष्ट्रिय व्यक्तित्वहरुको नामबाट नामाकरण गर्ने प्रचलन बढेको छ । त्यसैअनुसार लामो समयदेखि रत्नपार्कको नामले चिनिएको पार्कको नाम राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट नामाकरण गरी आज साख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button