तनहुँमा सवारी दुर्घटनामा ८ वर्षीय बालकको मृत्यु

पोखरा न्यूज । तनहुँमा सवारी दुर्घटनामा एक ८ वर्षीय बालकको मृत्यु भएको छ ।

शनिबार बिहान १० :४५ बजे तनहुँको भानु नगरपालिका-५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय बाङ्गेरुवाका ८ वर्षीय बालक आइज्याक सिंखडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्रा गरिरहेका बालकलाई चन्द्रावतीबाट डुम्रे तर्फ जाँदै गरेको बा ७० प ६९०१ नं को  मोटरसाइकलले ठक्कर दिँदा बालकको  ठाउकोमा गहिरो चोट लागेको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालक सिंखडालाई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर पठाइएकोमा दिउसो १ :०५ बजे चिकत्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको र घटनाका वियषमा अनुसन्धान भइरहेको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button