दमौलीको मिर्गौला उपचार केन्द्रबाट ३१ हजार पटक डायलासिस सेवा

दमौली । तनहुँको दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सञ्चालित शत्रुधन मञ्जु डायलासिस केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार २ स १६ पटक डायलालिस सेवा प्रवाह गरेको छ । विसं २०७२ मङ्सिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा २४५ मिर्गौला पीडितलाई सेवा प्रवाह गरेको हो ।

केन्द्रका प्रमुख शैलेश पण्डितले यस अवधिमा तनहुँ सहित कास्की, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाका मिर्गौला पीडितलाई पनि डायलासिस सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट हाल २४ जना मिर्गौला पीडितले नियमित डायलासिस सेवा लिइरहेका छन् । केन्द्रमा नौवटा उपकरण रहेकामा आठवटा उपकरण सञ्चालनमा रहेको छ ।

हेल्थ केयर फाउन्डेसन अफ नेपालले अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीनवटा उपकरण थप गरिएको छ । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो ।

जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो । यस केन्द्रले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गाैला पीडितलाई पनि सेवा प्रवाह गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ अब्दुल गफ्फार मियाँले जिल्लामै डायलासिसका लागि सुविधा भएपछि सहज भएको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button