पोखरा महानगरका ५६ सहित गण्डकीमा थप १०९ जनामा कोरोना पुष्टि

पोखरामा उपचाररत थप २ को मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार कास्कीको पोखरा महानगरका ५६ सहित तनहुँका २४ जना, नवलपुरका १२ जना, लमजुङका ५ जना, स्याङजा र बागलुङका ४ – ४ जना तथा पर्वत र म्याग्दीका २- २ जना गरी प्रदेशका ८ जिल्लाका १०९ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा १ महिला, २ का १ पुरुष तथा २ महिला, ३ का १ पुरुष तथा ३ महिला, ४ का २ पुरुष, ५ का १ पुरुष, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का २ पुरुष तथा ३ महिला, ९ का १ पुरुष, १० का ४ पुरुष तथा १ महिला, ११ का ५ पुरुष, १२ का १ पुरुष, १३ का १ पुरुष तथा ३ महिला, १४ का ३ पुरुष, १५ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा ३ महिला, १९ का १ पुरुष तथा १ महिला, २१ का १ पुरुष, २६ का १ महिला, २७ का १ पुरुष, ३१ का २ पुरुष, ३३ का १ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै बागलुङ जिल्ला बागलुङ नगरपालिका २ का २ पुरुष तथा १ महिला, ३ का १ पुरुष, लमजुङ मस्याङ्दीकी १ महिला, मध्यनेपाल नगरपालिकाका १ पुरुष, सुन्दरबजार नगरपालिकाका २ पुरुष तथा १ महिला, नवलपुर देउचुलीका २ पुरुष, गैडाकोटका १ पुरुष, कावासोतीका ४ पुरुष तथा ३ महिला, मध्यबिन्दुका १ पुरुष र बिनयत्रिबेणीकी १ महिलामा कोरोना भाइरस देखिएको छ ।

स्याङ्जा गल्याङकी १ महिला, पुतलीबजारकी १ महिला, भीरकोटका १ पुरुष, वालिङकी १ महिला, तनहुँ भिमादका ३ पुरुष तथा ५ महिला, घिरिङका ५ पुरुष तथा २ महिला, तनहुँ व्यासका ५ पुरुष तथा ३ महिला, शुक्लागण्डकी की १ महिला, म्याग्दी बेनीका १ पुरुष तथा १ महिला, पर्वत कुश्माका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यस सँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घन्टामा थप १४० जना निको भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार २१४ पुगेको छ ।

कोरोना संक्रमणबाट शनिवार पोखरामा थप २ जना पुरुषको मृत्यु भएको छ । कात्तिक २८ गते कोरोना संक्रमण पुष्टिभई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा-१३ का ७९ वर्षीय पुरुषको मंसिर ५ गते राति ११.३० बजे मृत्यु भएको निर्देशनालयका निर्देशक डा.  शर्माले जानकारी दिनुभयो ।

त्यस्तै मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भइ कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पर्वत जिल्ला मोदी गाउँपालिका -६ का ६१ वर्षीय पुरुषको शनिबार बिहान १०:१० बजे मृत्यु भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button