पोखरामा थप ३६ जनामा कोरोना पुष्टि

बागलुङमा १२ संक्रमित थपिए

पोखरा न्यूज। पोखरामा आइतबार दिउसो थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ३६  र बागलुङका १२ जना गरी प्रदेशका थप ४८ जनामा कोरोना भाइरस देखिएको हो ।

संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा १ महिला, ३ का ३ पुरुष तथा १ महिला, ५ का १ पुरुष, ७ का २ पुरुष, ८ का २ पुरुष, १० का १ पुरुष तथा १ महिला, ११ का १ पुरुष तथा ६ महिला, १३ का २ पुरुष तथा १ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का १ पुरुष तथा २ महिला, १८ का १ पुरुष, १८ का १ महिला, २१ क २ पुरुष तथा १ महिला, ३२ का २ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै बागलुङ  ताराखोलाका १ महिला, काठेखोलाका २ पुरुष, बागलुङ नगरपालिकाका ७ पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button