नारायणी नदीमा खसेर बालिकाको मृत्यु

पोखरा न्यूज । नारायणी नदीमा खसेर आइतबार बिहान एक बालिकाको मृत्यु भएको छ ।

नवलपुरको गैडाकोट नगरपालिका-६ रामघाट स्थित मामाघर नजिकै खेल्ने क्रममा नारायणी नदीमा खस्दा चितवन खैरेनी नगरपालिका सलौली निवासी ३ वर्षीया आरोही तिमिल्सेनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । नारायणी नदीमा खसेकी बालिकाको शव प्रहरीले बाहिर निकालेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button