पोखरामा आइतबार थपिए १०६ कोरोना संक्रमित

गण्डकीका १२५ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा आइतबार थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १०६ र अन्नपूर्ण गाउँपालिका १ गरी कास्कीमा १०७ सहित बागलुङका १२ जना, तनहुँका २ जना, पर्वतका २ जना र स्याङजाका २ जना गरी प्रदेशका ५ जिल्लामा थप १२५ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का ४ पुरुष तथा २ महिला, ३ का ४ पुरुष तथा २ महिला, ४ का २ पुरुष तथा १ महिला , ५ का १ पुरुष, ६ का १ पुरुष, ७ का ३ पुरुष, ८ का ६ पुरुष तथा २ महिला, ९ का १ पुरुष, १० का १ पुरुष तथा ३ महिला, ११ का ४ पुरुष तथा ७ महिला, १२ का १ पुरुष, १३ का ४ पुरुष तथा २ महिला, १४ का २ पुरुष र १५ का २ महिला रहेका छन् ।

त्यस्तै पोखरा महानगरपालिका १६ का १ पुरुष तथा १ महिला, १७ का ३ पुरुष तथा २ महिला, १८ का २ पुरुष, १८ की १ महिला, १९ का १ पुरुष, २१ का २ पुरुष तथा १ महिला, २४ का १ पुरुष, २६ का ३ पुरुष, २७ का ८ पुरुष तथा ३ महिला, २९ का ६ पुरुष तथा १ महिला र ३० की १ महिला, ३१ का २ पुरुष, ३२ का ४ पुरुष तथा १ महिला, ३३ का १ पुरुष, वडा नखुलेका १ महिला, अन्नपूर्ण गाउँपालिका-४ का १ पुरुषमा संक्रमण देखिएको हो ।

तनहुँ शुक्लागण्डकीका १ पुरुष, ब्यासका १ पुरुष, पर्वत फलेवासका १ पुरुष तथा १ महिला, स्याङ्जा वालिङ नगरपालिकाकी १ महिला, पुतलीबजारका १ पुरुष, बागलुङ ताराखोलाकी १ महिला, काठेखोलाका २ पुरुष, बागलुङ नगरपालिकाका ७ पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १९ जना निको भएसँगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ६ हजार २ सय ३१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button