पोखराका १३ सहित गण्डकीका ३० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा १३ सहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं २५ का ४ पुरुष तथा १ महिला, पोखरा १० का १ महिला, पोखराको मेलिटरी अस्पतालमा उपचाररत ७ पुरुष रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा पर्वत महाशिलाका २ पुरुष, तनहुँ आँबुखैरेनी ३ का ५ वर्षीय बालक छन् । त्यस्तै गोरखा जिल्ला गोरखा नगरपालिका ४का १ पुरुष, गोरखा पालुङटारका १ महिला, तनहुँ भानु ६ का १ पुरुष, नवलपुर जिल्ला गैडाकोट २ का ३ पुरुष, ४ का १ महिला, कावासोती २ का १ महिला, ५ का १ पुरुष, ८ का १ पुरुष, ९ की २ वर्षीया बालिका, ११ का १ पुरुष, १५ का १ पुरुष, मध्यबिन्दु ८ का १ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११०९१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button