राष्ट्रिय संगीतकर्मीसंघ गण्डकीको अध्यक्षमा कृष्णप्रसाद गौतम चयन

पहिलो प्राथमिकता कल्याणकारी कोष र भवन निर्माण

पोखरा। राष्ट्रिय संगीतकर्मी संघ गण्डकीको अध्यक्षमा पोखरा-२८ काफलघारीका कृष्णप्रसाद गौतम चयन हुनुभएको छ । पोखरामा भएको संघको दोस्रो अधिवेसनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चुनिनुभएको हो ।

अध्यक्षमा निर्वाचित भएपछि संघलाई क्रियाशील बनाउदै लैजाने गौतमले बताउनु भएको छ । आफ्नो पहिलो प्राथमिकता  कल्याणकारी   कोष र भवन निर्माण रहेको उहाँले बताउनुभयो । पोखरा न्यूजसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष गौतमले भन्नुभयो-‘कलाकारको हकहितको लागि कल्याणकारी कोष स्थापना र प्रदेश कमिटीको भवन बनाउने छौँ, भवनको आगामी बैशाख महिनामा शिलान्यास गर्छौ, हामीले सधै कलाकार हकहितको लागि काम गर्नेछौ’ । आफ्नो दुई वर्षे कार्यकाल अविस्मरणीय बनाउने उहाँको वाचा छ ।

संघको बरिष्ठ उपाध्यक्षमा प्रशान्त सुनार, प्रथम उपाध्यक्षमा करन तामाङ, द्धितीय उपाध्यक्षमा अनिता पन्त, महिला उपाध्यक्षमा लक्ष्मी नेपाली, महासचिवमा शंकर ढकाल, सचिवमा बालकृष्ण शर्मा, पबित्रा काफ्ले र अर्जुन सापकोटा, कोषाध्यक्षमा मिठू झा, सह-कोषाध्यक्षमा प्रतिमा भट्टराई, गंगा पौडेल र सुरेश भुर्तेल चयन हुनु भएको छ ।

यसैगरी सदस्यमा श्रीकृष्ण सिग्देल, गमबहादुर न्यौपाने, अम्बिका भण्डारी, कल्पना सिग्देल, किरण शर्मा, संगम शर्मा, प्रज्ज्वल भित्रकोटी, रामकुमार थापा मगर, पूजा गुरुङ, गोविन्द प्रसाद अधिकारी, वीरु बस्याल, सुजिता राना, डिवी मजाकोटी, लीला पौडेल, खिमलाल देवकोटा, पूर्ण वाग्ले इतिहास र समीक्षा घर्ती छानिनु भएको छ । राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रम जंग शाहको संयोजकत्वमा रिना थापा मगर, सन्तोष अधिकारी र शिव भुर्तेल सदस्य रहेको निर्वाचन कमिटीले नयाँ कमिटी चयन गरेको हो ।

यस अगाडि दोस्रो अधिवेशनको उद्घाटन राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विक्रम जंग शाहले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले गण्डकी प्रदेश समितिले निर्माण गर्ने भवनको लागि ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभयो । साथै स्टेज कार्यक्रममा गण्डकी प्रदेशका कलाकारलाई समेट्ने उहाँको प्रतिवद्धता छ । संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष टंक डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा केन्दी्रय सदस्य सन्तोष अधिकारी र रिना थापामगर, गण्डकी प्रदेशका महासचिव कृष्णप्रसाद गौतमले बोल्नु भएको थियो ।

गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङजा र म्याग्दी जिल्लामा समिति विस्तार भइसकेको छ । गण्डकीका ११ वटै जिल्लामा समिति विस्तार गरिने नवनिर्वाचित अध्यक्ष गौतमले बताउनुभयो ।राष्ट्रिय संगीतकर्मी संघको स्थापना २०६२ सालमा भएको हो । संघको सातै प्रदेशमा कमिटी रहेको छ । हालसम्म ५८ वटा जिल्लामा सञ्जाल विस्तार गरिसकेको संघले ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने तयारी गरेको छ । संघको विभिन्न ११ देशमा समेत समिति विस्तार भइसकेको छ । सबै विधाका संगीतकर्मी एकै ठाउँमा अट्न सक्ने गरेर संघको स्थापना गरिएको हो । संघको केन्द्रीय महाधिवेशन आगामी चैत्र महिनामा हुने गण्डकी अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button