पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थपिए ८३ जना कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा १९ सहित गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ४ की १ महिला, ७ का २ पुरुष, ८ का १ पुरुष, १० का २ पुरुष तथा ३ महिला, ११ की १ महिला, १३ का २ महिला, १७ का २ पुरुष तथा १ महिला, २६ का १ पुरुष, २९ का १ पुरुष तथा १ महिला, ३२ का १ पुरुष रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा तनहुँ शुक्लागण्डकीका  २ महिला, व्यासका ३ पुरुष तथा २ महिला, तनहुँ पश्चिमाञ्चल कम्युनिट अस्पतालका २ पुरुष तथा १ महिला, गोरखा आरुघाटका २ पुरुष तथा १ महिला, गोरखा जिल्लागण्डकी गाउँपालिकाका २ पुरुष, पालुङटार नगरपालिकाका ७ पुरुष तथा १ महिला, शहिद लखनथापा गाउँपालिकाका ३ पुरुष, भिमसेन थापा गाउँपालिकाका २ पुरुष तथा २ महिला, अजिरकोटका १ पुरुष, स्याङजा जिल्ला वालिङका २ पुरुष तथा २ महिला, स्याङ्जा विरुवाका १ महिला, लमजुङ दोर्दीका २ महिला, बागलुङ जिल्लाका २ महिला, म्याग्दीका ३ पुरुष तथा २ महिला, नवलपुर दवेचुलीका ४ पुरुष तथा १ महिला, मध्यबिन्दुका १ पुरुष तथा १ महिला, नवलपुर हुप्सेकोटका ३ पुरुष तथा १ महिला, बौदीकालिकाकी १ महिला, कावासोतीका २ पुरुष तथा १ महिला, पर्वत जलजलाका ३ पुरुष तथा १ महिला रहेका छन्  । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११९० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button