म्याग्दीका युवाको उपचारमा राखु समाज अस्ट्रेलियाको सहयोग

पोखरा न्यूज । रुखबाट लडेर गम्भीर घाइते भई पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका २२ वर्षीय अवतार रिजालको उपचारमा आर्थिक सहयोग गरेका छन् ।

वैदेशिक रोजगारी, व्यवसाय तथा अध्ययनको सिलसिलामा म्याग्दी राखुबाट अस्ट्रेलिया पुगेका रखालहरुको साझा संस्था रखाल समाज अस्ट्रेलिया तथा विभिन्न व्यक्तिहरूले सङ्कलन गरी ६१ हजार १ सय ६० रुपैयाँ घाइते रिजाललाई सहयोग गरेका हुन् ।

गत कात्तिक ५ गते रुखबाट खसेर घाइते भई उपचाररत पिप्लेका २२ वर्षका अवतार रिजालको उपचारमा समाजको संस्थागत १५०, सतिस भण्डारी १००, आनन्द रिजाल ३० शर्मिला भण्डारी २०, प्रकाश कार्की ३०,सुमित्रा भण्डारी ३१, आशिष खत्री ३०, सुवास के सी २१, पूजा खत्री २१, ईश्वर खत्री ३१, सुजन शर्मा ३२, गोकुल भण्डारी ३१, शिव सुवेदी ३५, बिसान भण्डारी २५, रोशन विश्वकर्मा ३५, प्रशान्त रिजाल ५० र शिव रकालले ४० अस्ट्रेलियन डलर अर्थात् नेपाली ६१ हजार १ सय ६० रुपैयाँ सहयोग गरेका हुन् ।

उक्त रकम नेपाल रेडक्रस सोसाइटी पिप्ले शाखाको खातामा जम्मा गरिएको समाजका सचिव गोकुल भण्डारीले जानकारी दिए । शरीरका विभिन्न भाग र मेरुदण्ड सहित तल्लो भाग नचल्नुको साथै उपचारमा ठुलो खर्च लाग्ने भएपछि नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा र सिवाईजी क्लबको अगुवाइमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button