पोखराका ४७ सहित गण्डकीमा १२९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १६७ जना संक्रमणमुक्त्त

पोखरा न्यूज । गण्डकी प्रदेशमा सोमबार थप १२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ४७ जना, नवलपुरका २६ जना, गोरखाका २३ जना, तनहुँका १३ जना, पर्वतका ६ जना, म्याग्दी र स्याङ्जाका ५-५ जना र लमजुङ र बागलुङका २ -२ जना गरी थप १२९ जनामा कोरोना भाइरस देखिएको छ ।

कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, ३ का २ पुरुष तथा १ महिला, ४ की १ महिला, ७ का २ पुरुष, ८ का २ पुरुष तथा २ महिला, ९ का २ पुरुष, १० का २ पुरुष तथा ४ महिला, ११ का १ पुरुष तथा १ महिला, १२ का १ पुरुष, १३ का ३ महिला, १५ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा १ महिला, १८ का १ पुरुष, २५ का ४ पुरुष तथा १ महिला, २६ का १ पुरुष, २९ का १ पुरुष तथा १ महिला, ३२ का १ पुरुष र पोखराको मेलिटरी अस्पतालमा उपचाररत ७ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँ आँबुखैरेनी ३ का ५ वर्षीय बालक, भानु ६ का १ पुरुष, शुक्लागण्डकीका २ महिला, व्यासका ३ पुरुष तथा २ महिला, म्याग्दे गाउँपालिका १ का १ पुरुष, तनहुँ पश्चिमाञ्चल कम्युनिटी अस्पतालका २ पुरुष तथा १ महिला, पर्वत महाशिलाका २ पुरुष, जलजलाका ३ पुरुष तथा १ महिला, स्याङजा वालिङका २ पुरुष तथा २ महिला, विरुवाकी १ महिला, लमजुङ दोर्दीका २ महिला, बागलुङ जिल्लाका २ महिला र म्याग्दीका ३ पुरुष तथा २ महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, आरुघाटका २ पुरुष तथा १ महिला, गण्डकी गाउँपालिकाका २ पुरुष, पालुङटारका ७ पुरुष तथा २ महिला, शहिद लखनथापा गाउँपालिकाका ३ पुरुष, भिमसेन थापा गाउँपालिकाका २ पुरुष तथा २ महिला, अजिरकोटका १ पुरुष, नवलपुर दवेचुलीका ४ पुरुष तथा १ महिला, गैडाकोटका ३ पुरुष तथा १ महिला, मध्यबिन्दुका १ पुरुष तथा २ महिला, हुप्सेकोटका ३ पुरुष तथा १ महिला, बौदीकालिकाकी १ महिला, कावासोतीका ६ पुरुष तथा २ वर्षीया बालिकासहित ३ महिलामा कोरोना पुष्टि भएको छ  ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १९० पुगेको छ। पछिल्लो २४ घण्टामा थप १६७ जना निको भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ३ सय ९८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button