पोखरामा एकैपटक थपिए ५५ कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार बिहान थप ९१ जनामा कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका थप ५६ सहित गण्डकी प्रदेशका ६ जिल्लाका थप  ९१ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ३ का १ पुरुष, ४ का २ महिला, ५ का २ पुरुष तथा १ महिला, ६ का २ पुरुष, ७ का २ पुरुष तथा २ महिला, ८ का १ पुरुष तथा १ महिला, ९ का ३ पुरुष तथा १ महिला, ११ का १ पुरुष, १३ का १ पुरुष, १४ का ४ पुरुष तथा ३ महिला, १५ का ३ पुरुष तथा २ महिला, १६ का ३ पुरुष, १७ का ३ पुरुष तथा ३ महिला, १९ का २ पुरुष तथा ५ महिला, २१ का १ महिला, २३ का १ पुरुष, ३२ का १ महिला, कास्कीको मादी गाउँपालिका १ पुरुष तथा २ महिला रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा गोरखा जिल्ला सिरानचोक गाउँपालिकाका १ पुरुष, गोरखा नगरपालिकाका ७ पुरुष तथा ९ महिला, लमजुङ जिल्ला राइनास नगरपालिकाका १ पुरुष, नवलपुर बौदीकालिकाका ३ पुरुष तथा २ महिला, स्याङ्जा जिल्ला पुतली नगरपालिकाका २ पुरुष, तनहुँ भानु नगरपालिकाका १ पुरुष, शुक्लागण्डकीका ३ पुरुष तथा २ महिला, घिरिङका ४ पुरुष तथा १ महिला रहेका छन् ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार २ सय ८१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button