पोखराको कालिका माविलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

पोखरा न्यूज । पोखरा-१० रामबजार स्थित कालिका माध्यामिक विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।

कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । कोरोना संक्रमणको अवस्थामा पनि कक्षा १२ को परीक्षा संचालन भइरहेको अवस्थामा विद्यार्थीको मनोवलमा साथ दिन स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको नेलम्वो नेपालमा अधिकृत भीमप्रसाद भण्डारीले बताउनुभयो ।

परीक्षा शुरु हुनु अघि विद्यार्थीका लागि प्रयोग गर्नेगरी डिस्पोजिवल मास्क ५ सय थान, पेडियाट्रिक मास्क २ सय ५० थान, केएन ९५ मास्क १ सय थान, सेनीटाइजर ६ लिटर, हेन्ड फ्रि सेनीटाइजर २ थान, थर्मल गन २ थान, डिउरासेल ब्याट्री ४ थान र कोभिड सम्वन्धी सचेतना ब्रोसर विद्यालयका प्रधानाध्यापक बलराम गिरलाई हस्तान्तरण गरिएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button