स्याङ्जाको टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजना शुरु

पोखरा न्यूज । आँधिखोला गाउँपालिकाको पहल र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको लागतमा टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका छन् । सधैँ आकाशे पानीको भरमा खेती गर्दै आएका आँधिखोला ४ का कृषक आयोजना शुरु भएसँगै हर्षित बनेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेश सरकार अन्तर्गत स्याङजामा ९ वटा सडक कालोपत्रे हुन लागेको जानकारी दिनुभयो । दुई वटाको काम शुरु भइसकेको छ भने अन्य सात वटा सडक समेत यसै वर्ष कालोपत्रे हुनेछन् । साथै गण्डकी प्रदेश सरकारले प्रदेश भर ६० वटा नयाँ पुल बनाइरहेको जानकारी दिँदै त्यस मध्ये ८ वटा पुल स्याङजा जिल्लाका मात्रै रहेको मन्त्रीले बताउनुभयो ।

योजनाको कुल स्वीकृत लागत अनुमान २ करोड ८५ लाख रहेको भएपनि १ करोड ९१ लाख ३४ हजार ८ सय १७ मा ठेक्का सम्झौता भएको छ । जेठ ५ गते ठेक्का सम्झौता भएको योजना २०७७ भदौ २४ गते सम्ममा ठेकेदार कम्पनीले काम सक्ने सम्झौता भएको सिँचाई विकास डिभिजन कार्यालय स्याङ्जाका डिई हिमालय पौडेलले जानकारी दिनुभयो ।

सिँचाई आयोजना सम्पन्न भइसकेपछि आँधीखोला वडा नं ४ का करिब १०० घर धुरीका १५०० रोपनी क्षेत्रफलमा खेती गर्ने कृषकहरू लाभान्वित हुने आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो । सिँचाइ योजना सम्पन्न भएपछि बर्सादको भरमा मात्रै खेती गर्नुपर्ने अवस्थाको अन्त्य हुँदै कृषि उत्पादनको वृद्धि हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद मीन प्रसाद गुरुङ, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा,पर्वतको फलेबास नगरपालिकाका मेयर पदमपाणि शर्मा लगायतले उपस्थित थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button