पोखरामा ७९ सहित गण्डकीमा थपिए १२४ कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार  १२४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ७९ र मादी गाउँपालिकाका ३ गरी कास्कीका ८२ जना ,गोरखाका १७ जना, तनहुँका ११ जना, स्याङजाका ६ जना, नवलपुरका ५ जना तथा लमजुङका ३ सहित गण्डकी प्रदेशका ६ जिल्लाका थप १२४ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा २ महिला, ३ का १ पुरुष, ४ का १ पुरुष तथा २ महिला, ५ का ३ पुरुष तथा १ महिला, ६ का २ पुरुष, ७ का ३ पुरुष तथा २ महिला, ८ का २ पुरुष तथा २ महिला, ९ का ४ पुरुष तथा १ महिला, १० का ४ पुरुष तथा ३ महिला, ११ का ३ पुरुष तथा ३ महिला, १३ का ३ पुरुष, १४ का ४ पुरुष तथा ४ महिला, १५ का ३ पुरुष तथा २ महिला, १६ का ३ पुरुष तथा ३ महिला, १७ का ३ पुरुष तथा ३ महिला, १९ का २ पुरुष तथा ५ महिला, २१ का १ महिला, २३ का १ पुरुष, ३२ का १ महिला, कास्कीको मादी गाउँपालिकाका १ पुरुष तथा २ महिला रहेका छन् ।

त्यस्तै स्याङजा जिल्ला वालिङ नगरपालिकाका २ पुरुष तथा १ महिला, फेदीखोलाका १ पुरुष, पुतलीबजारका २ पुरुष, तनहुँ भानुका १ पुरुष, शुक्लागण्डकीका ३ पुरुष तथा २ महिला, घिरिङका ४ पुरुष तथा १ महिला, गोरखा सिरानचोक गाउँपालिकाका १ पुरुष, गोरखा नगरपालिकाका ७ पुरुष तथा ९ महिला, लमजुङ राइनासका १ पुरुष, मध्य नेपालका १ महिला, बेँसीसहरका १ महिला र नवलपुर बौदीकालिकाका ३ पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ३१४ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८ जना निको भएसंगै प्रदेशमा संक्रमणमुक्त्त हुनेको संख्या ६ हजार ५ सय ४६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button