पोखरामा ५८ सहित गण्डकीमा थपिए १०० जना कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ५८ सहित गण्डकी प्रदेशमा बुधबार दिउसो थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ का ३ पुरुष, ४ का १ पुरुष, ५ का २ पुरुष, ६ का १ पुरुष तथा २ महिला, ७ का १ पुरुष तथा १ महिला, ८ का ३ पुरुष, ९ का ४ पुरुष, १० का २ पुरुष तथा ३ महिला, ११ का ४ पुरुष तथा २ महिला, १२ का १ पुरुष, १३ का ५ पुरुष तथा १ महिला, १४ का २ पुरुष तथा २ महिला, १५ का २ पुरुष तथा २ महिला, १६ का १ महिला, १७ का १ पुरुष तथा १ महिला, २१ की १ महिला, २२ का १ पुरुष, २६ का २ महिला, ३२ की १ महिला ३३ का १ पुरुषका साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का १ पुरुष, रुपा गाउँपालिका ६ का १ महिला रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा बागलुङ जिल्ला गलकोट नगरपालिका १ का १ पुरुष, ३ का १ पुरुष, ४ का १ पुरुष तथा २ महिला, जैमिनीका १ पुरुष, बागलुङ नगरपालिकाका १ पुरुष तथा १ महिला, गोरखा जिल्ला गोरखा नगरपालिका-६ का १ पुरुष तथा १ महिला, गोरखाको गण्डकी गाउँपालिकाकी १ महिला, लमजुङ जिल्ला बेँसीशहरकी १ महिला, मध्य नेपालका १ पुरुष, तनहुँ भीमादका २ महिला, म्याग्देका १ महिला, व्यासका २ पुरुष, भानुका २ पुरुष, शुक्लागण्डकीका २ पुरुष, स्याङ्जा जिल्ला आँधिखोलाका २ पुरुष, भीरकोटका १ पुरुष, पुतलीबजारका १ पुरुष, फेदीखोलाका १ पुरुष, पर्वत जिल्ला फलेवासका २ पुरुष, कुश्माका १ पुरुष तथा २ महिला, नवलपुर गैंडाकोटका ९ पुरुष तथा १ महिला रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ४१४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button