कास्कीका ९ सहित गण्डकीमा थपिए २८ कोरोना संक्रमित

पोखरा न्यूज । कास्कीमा ९ सहित गण्डकीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ६ का १ पुरुष, कास्की अन्नपूर्ण गाउँपालिकाका ३ पुरुष तथा १ महिला, मिलिटरी अस्पताल पोखरामा उपचाररत २ पुरुष तथा १ महिला, कास्की मोडल अस्पतालमा उपचाररत १ महिला रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ३ पुरुष तथा १ महिला, गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, गोरखा आरुघाटका ३ पुरुष तथा १ महिला, तनहुँ व्यासका १ पुरुष तथा ३ महिला, नवलपुर देवचुलीका ३ पुरुष, गैडाकोटका १ पुरुष तथा १ महिला र कावासोतीका १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५०७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button