अनेसास शिखर पुरस्कार-२०७७ साहित्यकार विनोद खड्कालाई

पोखरा न्यूज संवाददाता । “अनेसास शिखर पुरस्कार-२०७७” द्वारा साहित्यकार विनोद खड्कालाई पुरस्कृत गरिने भएको छ ।

तीन दशकदेखि लेखनमा संलग्न रहेका खड्का कतार प्रवेशपछि निरन्तर प्रवासी विषय बस्तुमा केन्द्रित रहेर लेखिरहने लेखकका रूपमा चिनिन्छन् । विगत १५ वर्षदेखि कतारमा कार्यरत साहित्यकार खड्काको साहित्यिक साधना र योगदानको सम्मानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको अनेसास शिखर पुरस्कार समितिद्वारा जारी एक प्रेस विज्ञप्तिमा जनाइएको छ ।

शिखर वैद्य ०१ मार्च १९९८ मा कतार प्रवेश गरेका थिए । कतारमा कार्यरत रहँदा सामाजिक संस्थाको स्थापना, एनआरएनएको स्थापना, साहित्यिक संस्थाको उदय, नेपाली नियोगसँगको समन्वयमा उनले उल्लेखनीय भूमिका निभाएका थिए । उनको सत्कर्मलाई सधैँ सम्झिरहन कतारमा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले “अनेसास शिखर पुरस्कार” को स्थापना गरेको थियो ।

च्याप्टरले प्रवासमा रहेर नेपाली भाषा, संस्कृति, कला, साहित्य, गीतसङ्गीतमा योगदान पुर्याउने एक व्यक्तिलाई हरेक वर्ष वैद्यको जन्म जयन्तीको अवसर पारेर “अनेसास शिखर पुरस्कार” प्रदान गर्ने घोषणा गरिएको हो । पुरस्कारको स्थापना कतारमा भएको हुनाले पहिलो संस्करण कतारबाट नै सुरुवात गर्ने निर्णय बमोजिम खड्कालाई पुरस्कृत गर्ने निर्णय गरिएको र एक पटक पुरस्कृत भइसकेको स्रष्टा फेरि पुरस्कृत नहुने पुरस्कार संयोजक प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button