नेपालमा पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४३७ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४सय ३५ जना रहेको छ ।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ जना रहेको मन्त्रालयको भनाइ छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button