कास्कीका ४३ जनासहित गण्डकीमा ७४ कोरोना संक्रमित थपिए

थप २ जनाको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा बिहीबार थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की जिल्लाका ४३ जना, तनहुँका १३ जना, गोरखा र नवलपुरका ६ – ६ जना, बागलुङका ४ जना तथा स्याङजा र पर्वतका १- १ जना गरी थप ७४ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ६ का १ पुरुष तथा १ महिला, ७ का १ पुरुष, ८ का ३ पुरुष तथा १ महिला, ९ का १ पुरुष तथा १ महिला, १० का २ महिला, ११ का १ पुरुष तथा ३ महिला, १२ का ३ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा १ महिला, १८ का २ पुरुष तथा २ महिला, २५ का २ पुरुष तथा १ महिला, ३२ का २ पुरुष, मिलिटरी अस्पताल पोखरामा उपचाररत २ पुरुष तथा १ महिला, कास्की मोडल अस्पतालमा उपचाररत १ महिला माछापुच्छ्रेका १ पुरुष र अन्नपूर्ण गाउँपालिकाका ३ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा तनहुँ व्यासका ६ पुरुष तथा ४ महिला, घिरिङका २ पुरुष, भिमादका १ पुरुष, पर्वत जिल्ला कुश्माका १ पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ३ पुरुष तथा १ महिला, स्याङजा ओरष्टेकी १ महिला, गोरखा जिल्ला गोरखा नगरपालिकाका २ पुरुष, आरुघाटका ३ पुरुष तथा १ महिला, नवलपुर देवचुलीका ३ पुरुष, गैडाकोटका १ पुरुष तथा १ महिला र कावासोतीका १ पुरुष रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५५३ पुगेको छ । बिहीबार थप १४६ जना निको भएसंगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ७ सय ४० पुगेको छ ।

कोरोनाका कारण पोखरामा उपचाररत थप २ जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माका अनुसार मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा १३ की ६६ वर्षीया महिलाको बुधबार बेलुका ९:३० बजे मृत्यु भएको हो । त्यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भइ कास्की सेवा हस्पिटलमा उपचाररत लमजुङ मध्येनेपाल ७ की ८७ वर्षिया महिलाको बिहीबार बिहान २:३० बजे मृत्यु भएको हो । यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button