|प्रतीकात्मक तस्बिर
पोखरा न्यूज । पोखरामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मंसिर ६ गते आफ्नै नाबालिग छोरीलाई होटेलमा लगी जबरजस्ती अश्लील फोटो र भिडियो देखाएर बलात्कार गरेको भन्ने जाहेरीको आधारमा बालिकाका बुवा ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार पक्राउ परेका पुरुषले विगत केही वर्ष अगाडिदेखि अनेकौँ बहानामा छोरीलाई बलात्कार गर्दै आएका थिए ।
पक्राउ परेका पुरुष विरुद्ध हाडनाता करणी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडित बालिकाको पहिचान गोप्य राख्नका लागि पीडकको नाम ठेगाना समेत सार्वजनिक गरेको छैन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution