ब्ल्याक सिप ब्यान्डको कभर गीत तयार

ब्यान्ड मार्फत स्थापित हुने युसिनको रहर

राजाराम पौडेल । पोखराको ब्ल्याक सिप ब्यान्डले कभर गीत तयार गरेको छ । गायिका सिन्नी गुरुङको आवाजमा रहेको चर्चित गीत ‘सम्हालिराखे मैले’लाई गाउँदै ब्यान्डले कभर गीत तयार गरेको हो ।

कभर गीतमा आवाज ब्ल्याक सिप ब्यान्डको मुख्य भोकलिस्ट युसिन राईले भर्नुभएको छ । गीत मंसिर १२ गते शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ । गीतको भिडियो म्याट्रिक्समा छायांकन भएको हो । गीतको भिडियोले दर्शकको मन जित्ने ब्यान्डको अपेक्षा छ ।

‘ब्ल्याक सिप ब्यान्ड आज भन्दा झन्डै ५ वर्ष अगाडि फर्म भएको हो । रक स्टेरियो ब्यान्डको महेन्द्र दाइ मैले, यतिकै गितार बजाएर बस्थ्यौँ, पछि उहाँको भाइ रोजन रसायलीसँग मिलेर ब्यान्ड स्थापना गरे, अहिले रोजन बाहिर छ । त्यति बेला ब्यान्डमा फिलिप्स तामाङ र आशिष तामाङ थिए । अहिले छैनन् ।’ मुख्य भोकलिस्ट युसिन राईले भन्नुभयो ।

ब्यान्ड स्थापना गर्दाको मुख्य सदस्य युसिन बाहेक अरू ब्यान्ड मेम्बरले ब्यान्डमा निरन्तरता दिन सक्नुभएन । अहिले गितारमा सोनाल पुन मगर, ड्रमरमा रोसन र बेस गितारमा सुमन हुनुहुन्छ । ‘अब ह्यान्डले आफ्नै ओर्जिनल गीत पस्कने समेत तयारी गरेको छ । हामीले अहिलेसम्म अरूका गीत गाउँदै आयौ, अब ब्यान्डको आफ्नै गीत गाउने हो, ब्यान्डकै आफ्नै गीत अबको ६ महिना भित्रमा पस्कन्छौ’ राईले भन्नुभयो ।

साङ्गीतिक क्षेत्रमा केही गर्ने लक्ष्य बोकेकी युसिन राई पोखराको बिरौटामा बस्नुहुन्छ । उहाँको पुर्ख्यौली थलो दार्जिलिङ हो । ब्यान्ड मार्फत व्यावसायिक सबै खालका गीत गाउँदै स्थापित बन्ने उहाँको रहर छ ।  अब निरन्तर गीत पस्कने आफूहरूको अबको योजना रहेको मुख्य भोकलिष्ट राईले बताउनुभयो । ‘हामी दर्शकको अपेक्षा अनुसारका पप गीत प्रस्तुत गर्नेछौँ’ उहाँले भन्नुभयो ।

ब्यान्डले लेसाइडका रेस्टुरेन्ट तथा बारमा मात्र नभएर विभिन्न कार्यक्रममा समेत प्रस्तुति राखिसकेको छ । अहिलेसम्म अरूका गीत सुनाउँदै आएको ब्यान्डले अब आफ्नै ओर्जिनल गीत मार्फत दर्शक श्रोतामाझ स्थापित हुन खोज्दै छ ।
आफ्नो गीत सुनेर र हेरेर प्रतिक्रिया दिन ब्ल्याक सिप ब्यान्डले सबै सङ्गीत पारखीहरूमा आग्रह गरेको छ । दर्शकका सुझाव तथा प्रतिक्रियाको आधारमा आफूहरू अगाडि बढ्ने गायिका राईले बताउनुभयो ।

ब्ल्याक सिप ब्यान्डको गीत पोखरामा जारी रहेको साङ्गीतिक शृङ्खला बि.एस.रिदम ब्लास्ट मार्फत सार्वजनिक हुनेछ । बि.एस. इन्टरटेण्टमेन्ट पोखराले सञ्चालन गरेको साङ्गीतिक शृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ ब्यान्ड तथा गायकहरूका गीत सार्वजनिक भइरहेका छन् ।

सिजनको पहिलो शृङ्खलामा द ड्रिमर्ज ब्यान्डको गीत, दोस्रो शृङ्खलामा युवराज पुर्जाको, तेस्रो शृङ्खलामा प्रज्वल जोजीजुको, चौथो शृङ्खलामा अडियो फार्म ब्यान्डको, पाँचौँ शृङ्खलामा द इन्फ्लेम ब्यान्ड, छैटौँ शृङ्खलामा निर्भीक ब्यान्ड तथा सातौँ शृङ्खलामा निष्कर्ष ब्यान्डको गीत सार्वजनिक गरिएको थियो ।

नयाँ पुस्ताका श्रोता तथा दर्शकको साङ्गीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने रिदम ब्लास्ट अन्तर्गत आत्म सर्ग, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्ल्याक रोज ब्यान्ड र सुजन पुर्जा, संगम पहाडी, र सब्बुको प्रस्तुति बाँकी नै रहेको छ । यो कार्यक्रमले पोखराको साङ्गीतिक माहौललाई जगाउन सघाउने आयोजकले विश्वास गरेका छन् । रिदम व्लास्ट पहिलो सिजन १७ शृङ्खलासम्म चल्ने बि.एस.इन्टरटेण्टमेन्ट पोखराका सञ्चालक सन्जु सुनारले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button