बागलुङको गलकोटलाई बालमैत्री नगर घोषणा गरिने

थम्मन थापा । बागलुङको गलकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने नाराका साथ बागलुङमा नगरपालिका स्तरीय अभिमूखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।

गलकोट नगरपालिकाद्वारा संचालित उक्त कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालमैत्री स्थानीय शासनसहितको नगर निर्माणको लागी बालबालीका देखी सामाजिक संघ सस्थाका प्रतिनिधीहरु सबै साझेदार बन्नुपर्नेमा जोड दिनुभएको छ ।

बालमैत्री नगरपालिका आफैमा ब्यवहार र वातावरण भएको बताउदैं सबैले जिम्मेबारी बोधका साथ बालमैत्री नगर निर्माणको लागी सहयोग गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबे, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष तिलक घर्ती, महेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष बुलबहादुर केसी शिव माविका प्रधानाध्यापक हरि चालिसे, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुबेदी, बालबालिकाको तर्फबाट प्रदीप सुबेदी लगाएतले गलकोटलाई बालमैत्री नगरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । बालमैत्री स्थानीय शासनसहितको नगरपालिका घोषणा मिति २०७८ पौष भित्र गर्ने घोषणा तयारीका साथ सामुहिक प्रतिबद्धता गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button