पोखरामा कोरोनाबाट थप २ जनाको मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु भएको छ ।

पोखरा-२ का ५९ वर्षीय कोरोना संक्रमित पुरुषको चरक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उहाँलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड सँगै मिर्गौला र सुगर रोग रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनएको छ ।

त्यस्तै पोखरा-३२ का ६६ वर्षीया कोरोना संक्रमित महिलाको आज शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँ सुगर रोगबाट समेत ग्रसित हुनुहुनथ्यो । गण्डकी  स्वास्थ्य  निर्देशक बिनोद बिन्दु शर्माका अनुसार प्रदेशमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button