पोखरामा २८ सहित गण्डकी प्रदेशमा थपिए ३५ जना कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा २८ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, ३ का ३ पुरुष, ४ का १ पुरुष तथा २ महिला, ५ का १ महिला, ७ का १ पुरुष तथा २ महिला, ८ का २ पुरुष, ९का ३ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा १ महिला, १२ का १ महिला, १३ का १ पुरुष तथा १ महिला, १४ का १ पुरुष, १५ का १ महिला, १६ का १ महिला, १७ का २ पुरुष, १९ का १ पुरुष, २१ का १ महिला, २९ का १ पुरुष रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा गोरखा जिल्ला पालुङटार नगरपालिकाका १ पुरुष, स्याङ्जा जिल्ला बिरुवा गाउँपालिकाका १ पुरुष तथा २ महिला, नवलपुर जिल्ला कावासोती–२ का १ पुरुष, गौडाकोट–५ का १ पुरुष र नवलपुर जिल्ला पालिका नखुलेका १ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ११५८८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button