स्काउट : शैक्षिक उद्देश्यसहितको युवा अभियान

पोखरा न्यूज । स्काउट युवाको अर्गनाइजेशन हो । स्काउटिङ भनेको शैक्षिक उद्देश्य सहितको एउटा युवा अभियान हो । यहाँ सिक्न र सिकाउन पाइन्छ । यो एउटा अतिरिक्त क्रियाकलाप हो, जसले बालबालिका र युवालाई खेलको मज्जा पनि दिन्छ ।

योग्य, अनुशासित र चरित्रवान बन्ने उर्जा थप्छ । स्काउट तालिमले आत्मरक्षाको उपाय सिकाइरहेको हुन्छ । स्काउट तालिम लिएको विद्यार्थी जीवनमा सधैंँ सफल हुन्छन् भन्ने मान्यता छ । स्काउटमा उमेर समूह अनुसार तह निर्धारण गरिएको हुन्छ । जस अनुसार ६ वर्ष देखि १० वर्ष सम्म कप र ब्राउनी, ११ वर्ष देखि १६ वर्ष सम्म स्काउट व्वाईज र स्काउट गर्ल र १६ वर्ष देखि २५ वर्ष सम्म रोभर र रेञ्जर हुन्छन् । उमेर समुह अनुसार यिनीहरुको सिद्धान्त फरक छ ।

कप र ब्राउनीलाई साइकोलोजीको रुपमा सिकाइन्छ । अन्यलाई नेतृत्व, व्यक्त्तित्व, क्षमता, उद्यमशीलता, लिडरसीप, निर्णय क्षमताको बारेमा निखारता प्रदान गरिन्छ । यसको लागि छुट्टटाछुट्टै पाठ्यक्रम छ । स्काउटमा ११ देखि १६ वर्ष सम्मको उमेरसमूहको चाप बढी छ । २५ वर्ष पछि नेतृत्वमा आउँछन् । १८ वर्षमा कम्तिमा एसईई पास गरेको छ भने नेतृत्वमा आउने तालिम लिन पाउँछ । तर उसले चाह्यो भने २५ वर्ष सम्म रोभर, रेन्जरमा बस्न सक्छ । अहिले स्काउटहरुको संख्या नेपालमा ६० हजार भन्दा बढी छ । विश्वभर ४ करोडभन्दा बढी मानिस स्काउटमा आबद्ध छन् ।
नेपालमा कसरी स्काउट सुरुवात भयो

विश्वमा स्काउटको सुरुवात इङल्याण्डका फौजी कमाण्डर वेडेन पावेलले सन् १९०७ मा बेलायतबाट गरे । युवालाई त्यसमा सम्लग्न गरेपछि त्यसको आर्कषण बढ्यो । बेलायतबाट दक्षिण अफ्रिकाको चिली पुग्यो । यो चिज राम्रो छ भनेर अन्य देशहरुले अनुशरण गर्न थाले । ब्रिटिस सरकारले भारतमा उपनिवेश जमाइरहेको बेला स्काउटिङ पनि भित्रियो । त्यही चिजलाई नेपालमा पनि भित्राउनु पर्छ भनेर नेपालमा सुरु भयो । नेपालमा स्काउटिङको सुरुवात २००९ सालमा भएको हो । त्यो बेला नेपालमा स्काउटिङ थिएन । भारतमा स्काउटिङ थियो ।

नेपालमा प्रजातन्त्रको स्थापना भइसकेपछि तत्कालीन राजा त्रिभूवनले नेपालमा पनि स्काउटिङ भित्राउनु पर्छ भन्ने कन्सेप्टले भारतबाट श्रीराम बाचपेही भन्ने ट्रेनरको सहयोगमा नेपालमा पहिलोपटक तालिम सञ्चालन भयो । २००९ सालमा गोदावरीमा २० दिन सम्मको तालिम चलेको थियो । तालिममा नेपालका ३० जना युवाहरु सहभागी भए । सहभागी ३० जनाबाट नेपालमा स्काउटिङ सुरुवात भयो । २००९ साल असार ५ गते नारायणहिटी राजदरबारमा तत्कालीन राजा त्रिभूवनले झण्डोतलन गरेर नेपाल स्काउटको स्थापना गरे । नेपाल विश्व स्काउटको विधिवत पूर्ण सदस्यता वि.सं. २०२६ मा मात्र भएको हो ।

तालिम भइसकेपछि नेपालमा दुई तीन इकाइ सुरु भयो । विस्तारै झांगिने क्रम बढ्यो । राजनीतिक परिवेशका कारण असर पनि प¥यो । राजतन्त्र हुँदा राजदरबाट संरक्षित थियो । गणतन्त्र आए पश्चात कार्यपालिकाका प्रमुखलाई संरक्षक बनाउने प्रचलन भयो । नेपाल स्काउटको संरक्षकको रुपमा प्रधानमन्त्री रहने व्यवस्था छ । प्रमुख स्काउटको युवा तथा खेलकुद मन्त्रालय रहन्छ । यो शुद्ध शैक्षिक अभियान हो । युवाहरुको सामाजिक, बौद्धिक, शारीरिक, मानसिक, संवेगात्मक, आध्यात्मिक क्षेत्रमा विकास गर्न चलाइने अनौपचारिक शैक्षिक अभियान हो । हरेक स्कूलमा पु¥याउन सकिरहेको छैन । हरेक स्कूलमा पु¥याउन नेपाल स्काउटले प्रयास गरिरहेको छ । स्काउटमा १६ वर्ष देखि २५ वर्षसम्मको केटालाई रोभर भनिन्छ । केटीलाई रेञ्जर भनिन्छ । तर रोभर भने कमन भाषामा सेलीब्रेट गरिन्छ । स्काउटमा आउनेको चाप नेपाल बढ्न सुरु गरेको छ ।

समाजमा कुरीति विकृति विसंगती फैलिएको छ । बेला–बेलामा प्राकृतिक प्रकोप आउँछ । स्काउट भित्री सैनिकको हो । जसले समाजमा कुरीति विकृतिलाई हटाउन मद्दत गर्दछ । प्राकृतिक विपत्ति आउँदा आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने कुरा स्काउटमा लागेपछि थाहा हुन्छ । विगतमा भएका भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपमा सबैभन्दा पहिल्यै स्काउट पुगेको थियो । स्काउटले युवालाई कुलतमा फस्न नदिन, फसिसकेकालाई सही मार्गमा ल्याउन सहयोग गर्छ । अनुशासनलाई कसरी पालना, देश निर्माणमा कसरी लाग्ने स्काउट मार्फत सिक्न पाइन्छ ।

दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण

गत कार्तिक ६ गते गठन भएको नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समितिका संयोजक र सदस्यहरुलाई दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण पोखरामा गराइएको छ । उहाँहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सपथ ग्रहण गराउनुभएको हो । गण्डकी प्रदेशमा आर्शीवाद सुवेदीको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति तथा १० सदस्यीय सल्लाहकार समिति गठन भएको थियो । जसको सदस्यमा कास्कीका सुशीला पराजुली, सागर पौडेल, साजन सुवेदी, अनिता राई, रमेश नेपाली र संदेश गुरुङ सदस्य हुनुहुन्छ । स्याङजाका विष्णुप्रसाद पराजुली र सुबास मल्ल, लमजुङका निश्चल पाण्डे, गोरखाका उपेन्द्र गिरी र राजन कट्टेल, बागलुङका हरिराम अधिकारी, म्याग्दीका इश्वरी सुवेदी र नवलपुरका भीम कँडेल रहनुभएको छ ।

दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका सांसद् राजीव पहारी, नेपाल स्काउट तदर्थ समितिका केन्द्रीय संयोजक लोकबहादुर भण्डारी, सदस्य शिवबहादुर भण्डारी,केन्द्रीय समितिका महानिर्देशक रामप्रसाद भट्टराईले लगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच पोखरा न्यूजसँग कुराकानी गर्दै गण्डकी प्रदेश तर्दथ समितिका संयोजक आर्शीवाद सुवेदीले संघीयताको मर्म अनुसार संगठन पुनसंरचना गर्ने बताउनुभएको छ । ‘अब संघीयताको मर्म अनुसार संगठन पुनसंरचना गर्ने, स्थानीय पालिकामा समिति गठन गर्ने, सबै शैक्षिक संस्थासम्म स्काउट संरचना विस्तार गर्ने, सदस्यता व्यवस्थित गर्ने काम गर्छौ’ उहाँले भन्नुभयो ।

स्काउटमा आउनेको चाप नेपाल बढ्न सुरु गरको नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीको भनाइ छ । ‘फ्लो सुरु भएको छ ,स्काउट स्कुल–स्कुलमा अनिवार्य पु¥याउनेछौ । एक्टिभिटि मार्फत उनीहरुलाई अगाडि बढ्न उत्पेरित गर्ने हो । स्काउटमा ३२ जना बराबर १ शिक्षक आवश्यक छ’ उहाँले भन्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button