कोरोना संक्रमणबाट पोखरामा थप १ जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट थप १ महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय का अनुसार पोखरा-७ की ७६ वर्षीया संक्रमित महिलाको शुक्रबार बिहान ७.५० बजे निधन भएको छ ।

मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामामा उपचाररत  महिलाको शुक्रबार बिहान मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button