पोखरामा ७१ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

पोखरा न्यूज । पोखरामा एक वृद्धा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

मंसिर ९ गते राति ७१ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पोखरा १९ पुरन्चौरका  ३४ वर्षीय घनश्याम गिरी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

एकल वृद्धा महिला आफ्नै घरभित्र सुतिरहेको अवस्थामा रातको १० बजे जबरजस्ती घर भित्र पसेर बलात्कार गरेको जाहेरीको आधारमा मंसिर १० गते गिरी पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका गिरीलाई  ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button