अब ट्राफिक नियम उलङ्गन गर्नेले बैंकमार्फत जरिवाना तिर्नुपर्ने

पोखरा न्यूज । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र ग्लोबल आई.एम.ई. बैङक न्यूरोड शाखाको संयुक्त पहलमा स्थापना भएको एक्सटेन्सन काउन्टर आज शुक्रबार एक कार्यक्रममा बीच शुभारम्भ गरिएको छ ।

यो काउन्टर सञ्चालनमा आएसंगै कास्की जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने भएको छ । कारवाहीमा परेका सवारी चालकले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको काउन्टरमा गई राजस्व दाखिला गराउनु पर्नेछ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठ , गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल र ग्लोबल आई.एम.ई. बैंक न्यूरोड शाखाका प्रमुखले उक्त काउन्टरको सयुंक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले ट्राफिक प्रहरी पारदर्शिता एवं सु-शासनको पक्षमा थप एक कदम माथि उठेको बताउदै यस्ता पहलहरुले आमनागरिकमा प्रहरीप्रतिको विश्वसनीयतामा वृद्धि हुने बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button