पोखरामा ८ सहित गण्डकी प्रदेशमा थपिए २९ जना कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ८ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउसो थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १५ का १ पुरुष तथा १ महिला, १६ का २ महिला, ३३ का १ महिला, साहरा अस्पतालका १ महिला, फिस्टेल अस्पतालका १ पुरुष, मणिपाल अस्पतालका १ पुरुष, कास्की मादी गाउँपालिकाका १ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँ घरभई पोखराको पद्म नरसिंह होम उपचाररत १ महिला, स्याङ्जा वालिङका ६ पुरुष तथा २ महिला, म्याग्दी जिल्ला रघुगंगाका १ पुरुष, बागलुङ जिल्लाका ८ पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११६८६ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button