नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने अशुक्रबार देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button