पोखरा न्यूज । पोखरा जाल्पारोड स्थित एक खाजा घरका सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो खाजा घरमा खाजाखान आउने पुरुषहरुसँग पैसा लिएर खाजा घरमा काम गर्न राखेका युवतीलाई जवरजस्ती शारीरिक सम्पर्कमा सम्लग्न गराउने गरेको आरोपमा एक सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ घरभई पोखरा–९ जाल्पारोडमा खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल बिहीबार राति पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पक्राउ परेका युवकले युवतीहरुलाई खाजा घरमा खाजा नास्ता वितरणको काममा लगाइदिन्छु भनी बोलाएर ल्याई डरधम्की देखाएर खाजाघरमा आएका व्यक्तिसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलमा समेत पठाई यौन शोषण गरेको भन्ने उजुरीका आधारमा भूजेललाई पक्राउ गरिएको डिएसपी हमालले बताउनुभयो ।
खाजा घर सञ्चालक भुजेललाई मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तरगत म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution