पोखरामा थप ६७ जनामा कोरोना पुष्टि, उपचाररत थप ४ जनाको मृत्यु

गण्डकीमा १३३ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ६७ जना तथा मादी गाउँपालिका र रुपा गाउँपालिकाका १ -१ जना गरी कास्की जिल्लाका ६९ सहित स्याङजाका १९ जना, बागलुङका १० जना, गोरखा  र नवलपुरका ९ – ९ जना, पर्वतका ८  जना  तनहुँका ६ जना, लमजुङका २ जना र  म्याग्दीका १ जना गरी थप १३३ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा १ महिला, २ की १ महिला, ३ का ४ पुरुष, ४ का १ पुरुष तथा २ महिला, ५ की १ महिला, ६ की १ महिला, ७ का १ पुरुष तथा २ महिला, ८ का ६ पुरुष तथा १ महिला, ९ का ३ पुरुष तथा १ महिला, १० का १ पुरुष तथा २ महिला, १२ का १ महिला, १३ का १ पुरुष तथा १ महिला , १४ का २ पुरुष,  १५ का ३ पुरुष तथा २ महिला, १६ का ४ महिला, १७ का २ पुरुष,  १९ का २ पुरुष, २१ की १ महिला,  २५ का १ पुरुष, २६ का १ पुरुष, २७ का ३ पुरुष तथा १ महिला, २९ का ५ पुरुष तथा १ महिला, ३० का १ पुरुष तथा १ महिला, ३१ का २ पुरुष, ३३ का १ महिला,  वडा नखुलेका १ पुरुष, साहरा अस्पतालका १ महिला, फिस्टेल अस्पतालका १ पुरुष, मणिपाल अस्पतालका १ पुरुष, मादी गाउँपालिकाका १ पुरुष र रुपा गाउँपालिकाकी १ महिला रहेका छन् ।

त्यस्तै तनहुँ घरभई पोखराको पद्म नरसिंह होम उपचाररत १ महिला, तनहुँ भानूका १ पुरुष, व्यासका ३ पुरुष, शुक्लागण्डकीका १ पुरुष स्याङ्जा वालिङका ७ पुरुष तथा २ महिला, फेदीखोला गाउँपालिकाका ४ पुरुष, पुतलीबजारका ३ पुरुष, बिरुवा गाउँपालिकाका १ पुरुष तथा २ महिला, पर्वत पैंयूका ५ पुरुष तथा ३ महिला, म्याग्दी रघुगंगाका १ पुरुष, बागलुङका ८ पुरुष तथा २ महिला, गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, पालुङटारका २ पुरुष, सिरानचोक गाउँपालिकाका ३ पुरुष तथा ३ महिला , लमजुङ सुन्दरबजारका १ पुरुष, बेँसीसहरका १ पुरुष, नवलपुर गैडाकोटका १ पुरुष तथा ३ महिला, कावासोतीका ३ पुरुष बिनयत्रीवेणी का १ पुरुष र पालिका नखुलेका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ८६ पुगेको छ । शुक्रबार थप ११९ जना निको भएसंगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८ सय ५९ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट पोखरामा उपचाररत कास्कीका ३ जना र स्याङजाका १ जना गरी  थप ४ जनाको मृत्यु भएको हो  ।

निर्देशनालयका अनुसार मंसिर १० गते कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङजा अर्जुनचौपारी २ की ५८ वर्षीया महिलाको शुक्रबार दिउसो १:३० बजे उपचारकै क्रममा  मृत्यु भएको हो । त्यस्तै पोखरा-७ की ७६ वर्षीया संक्रमित महिलाको शुक्रबार बिहान ७.५० बजे निधन भएको छ । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामामा उपचाररत  महिलाको शुक्रबार बिहान मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरा-२ का ५९ वर्षीय कोरोना संक्रमित पुरुषको चरक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उहाँलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा-३२ का ६६ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको  छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button