पोखरामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थपिए एकैपटक १३५ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ७४ सहित गण्डकी प्रदेशमा शनिवार दिउसो थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा २ महिला, २ का २ महिला, ४ का १ पुरुष, ५ का ३ पुरुष तथा ३ महिला, ६ का १ पुरुष, ७ का २ पुरुष तथा ४ महिला, ८ का ५ पुरुष तथा ४ महिला, ९ का २ पुरुष, १० का १ पुरुष, ११ का २ पुरुष तथा ४ महिला, १२ का ४ पुरुष तथा १ महिला, १३ का ३ महिला, १४ का १ पुरुष तथा २ महिला, १५ का १ पुरुष तथा २ महिला, १६ का २ महिला, १७ का ३ पुरुष तथा ६ महिला, १८ का १ पुरुष, १९ का २ महिला, २५ का १ पुरुष तथा १ महिला, २६ का ३ पुरुष, ३० का १ महिला, २ का १ पुरुष, पोखरा महानगरपालिका वडा नखुलेकी १ महिला रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा बागलुङ जैमिनी गाउँपालिकाका १ पुरुष, काठेखोलाका १ पुरुष तथा १ महिला, बागलुङ पालिका नखुलेका १ पुरुष, गोरखा अजिरकोटका ६ पुरुष, गोरखा पालिका नखुलेका ४ पुरुष, लमजुङ राइनासका ३ पुरुष, मध्ये नेपालका ९ पुरुष तथा १ महिला, सुन्दरबजारका ६ पुरुष तथा ३ महिला, मुस्ताङ जिल्ला पालिका नखुलेका २ पुरुष, तनहुँ भिमादका ६ पुरुष तथा ७ महिला, देवघाटका १ महिला, घिरिङका १ महिला, म्याग्देका १ पुरुष, व्यासका १ पुरुष तथा २ महिला, स्याङजा जिल्ला वालिङका १ पुरुष तथा १ महिला, पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ पुरुष, पैंयुका १ पुरुष छन् । यस सँगै गण्डकी पदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय२१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button