पोखरामा २४ सहित गण्डकीमा थप ४१ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा २४ सहित गण्डकी प्रदेशमा शनिवार दिउसो थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ का १ पुरुष, ४ का १ पुरुष, ८ का १ पुरुष तथा ३ महिला, १० का २ पुरुष तथा २ महिला, १२ का ३ पुरुष, १४ का १ पुरुष तथा १ महिला, १५ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा १ महिला, १९ का १ पुरुष र ३२ का १ महिला र पोखरा महानगरपालिका वडा नखुलेका १ पुरुष रहेका छन् ।

म्याग्दी जिल्ला बेनी नगरपालिकाका १ पुरुष, स्याङ्जा पुतलीबजारका १ पुरुष, तनहुँ व्यासका १ पुरुष तथा १ महिला, गोरखा बारपाक सुलीकोटका १ पुरुष, गोरखा नगरपालिकाका २ महिला, लमजुङ जिल्ला राईनासका १ महिला, नवलपुर हुप्सेकोटका १ महिला, बुलिङटारका १ महिला, कावासोतीका २ पुरुष, देवचुलीका १ पुरुष , मध्यबिन्दुका १ महिला, गैडाकोटका २ महिला तथा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या ११८६२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button