कोरोनाबाट पोखरामा थप ४ जनाको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोनाबाट थप ४  जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा उपचाररत कास्कीको पोखरा महानगरका २ पुरुष, लमजुङका १ पुरुष र तनहुँकी  १ महिला गरी थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मंसिर ८ गते संक्रमण पुष्टि भई उपचाररत पोखरा १५ का ५२ वर्षीय पुरुष  तथा मंसिर १० गते संक्रमण पुष्टि भई उपचाररत पोखरा १० का ६९ वर्षीय पुरुषको शुक्रबार बेलुका पोखराको गण्डकी मेडिकल कलेजमा  उपचारका क्रममा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यस्तै मंसिर ११ गते संक्रमण पुष्टि भएका तनहुँ रिसीङ ८ की ७८ वर्षीया महिलाको शुक्रबार बेलुका मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड – १९ उपचार केन्द्रमा उपचाररत लमजुङ मध्येनेपाल ६ का ८५ वर्षीय पुरुषको शनिबार दिउसो २:९ बजे उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ  ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२  पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button