नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु 

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गत २४ घण्टामा १ हजार ३८० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १८ हजार ८३ रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ११ हजार १सय ८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४सय ५४ पुगेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button